१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

७ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

१६ फागुन, काठमाडाैं । ७ सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसैगरी रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १८:०९