नेपाली कांग्रेस प्रतिपक्षमा एक्लै
२७ फागुन, काठमाडौँ । नेपाली कांग्रेस प्रतिपक्षमा एक्लै हुने भएको छ । सांसदमा दलीय हैसियतामा रहेका चारवटाले सरकारलाई समथर्न गर्ने भएपछि कांग्रेस प्रतिपक्षमा एक्लै हुने निश्चित भएको हो ।
संसदमा दलीय हैसियत पाएका नेकपा एमाले, नेकपा मओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपालले सरकारलाई समर्थन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले चारै दललाई सरकारमा समेत सहभागी गराउने तयारी गरेको छन ।
प्रमुख प्रतिपक्ष कांग्रेस बाहेकका अन्य दल तथा स्वतन्त्र सांसदहरुले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।
प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १२:२३