१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

माधव नेपालका नातेदार गोविन्द बन्दी प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारमा नियुक्त

१६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारमा गोविन्द प्रसाद कोइराला (बन्दी) नियुक्त भएको खुलासा भएको छ । बन्दी परराष्ट्रमन्त्री डा विमला राई पौडयालको भ्रमण रोकेर जेनेभा पुगेका छन ।

संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा नेपालको स्थायी नियोगले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को ५२औँ नियमित बैठकमा नेपाली प्रतिनिधिमण्डलको सहभागितामा विषयमा जारी गरेको विज्ञप्तिमा बन्दीले शान्ति तथा मानवअधिकार सल्लाहकार सल्लाहकारको हैसियतामा सहभागिता जनाएको उल्लेख गरिएको छ ।

उनको नियुक्तिको विषयमा यहाँ सरकारले औपाचारिक रूपमा कुनै जानकारी दिएको छैन । बन्दी माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साँढुभाइ हुन । उनले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसहित कानुन विभागको प्रमुखमा नियुक्ति पाए पनि त्यो जिम्मेवारी भने अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:००