५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

एडिलेडमा दिपक दिपाको छक्का पञ्जा- ४ प्रदर्शन हुदै

१६ फागुन, एडिलेड । दिपक राज गिरी र दिपाश्री निरौलाको चलचित्र `छक्का पञ्जा ४´ मार्च ३ मा एडिलेडमा प्रदर्शन हुने भएको छ । एडिलेडका लागि जिनियस एजुकेश एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजक रहेको चलचित्र मर्करी सिनेमा हलमा प्रर्दशन हुने भएको छ । थ्रिकेजी इभेन्टका निर्देशक खुम घलेले चलचित्र साझ ७.३० बजेबाट शुरु हुने बताए । घलेले टिकटको माग धेरै भएकाले `शो´ हाउस फुल हुने पक्का भएको बताए ।

हेमराज विसीले निर्देशन गरेको चलचित्र `छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ। भने कथा दीपकराज गिरीले तयार पारेका हुन् । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । यसै गरि नरेन्द्र मैनालीले छायांकन र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १४:२६