निर्मला हत्या प्रकरणः एसपी विष्टसहित तीनको डिएनए दुर्इ ठाउँमा परीक्षण गरेको प्रहरीको दाबी
१५ असोज, काठमाडाैँ । नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामका पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उहाँका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट सङ्कलिन डिएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताउनुभयो ।
डिएनए परीक्षणका सम्बन्धमा फरक आशयका साथ समाचार आएपछि प्रहरीको तर्फबाट थप स्पष्ट पार्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकायबाट समेत परीक्षण भएको जनाएको हो ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार २१:३८