समीट लघुवित्तले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
१६ फागुन, काठमाडाैं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । कम्पनीले हालको चुक्ता पूँजीको १३.५६२ प्रतिशत बोनस सेयर र ०.७१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि ) गरि कुल १४.२७६ प्रतिशत लाभांश घोषणा गरेको हाे ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १०:२३












