२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

फागुन २५ बाट आईपीओ निष्काशन गर्दै मोदी इनर्जी

१६ फागुन, काठमाडाैं । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा–३, मोदी गापा–५, मोदी नपा–२, मोदी गापा–६ र कुश्मा नपा–८ का बासिन्दाहरुका लागि निष्कासन गरिनेछ। बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

कम्पनीले स्थानीयलाई निष्काशन गरेको सेयरमा छिटोमा चैत्र ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

स्थानीयले पर्वतको कुस्मास्थित सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकबाट खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १०:१२