९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालक बर्खास्त

१५ फागुन, काठमाडौं । बीमा प्रधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालक बर्खास्त गरेको छ । प्राधिकरणले लिखित पत्र पठाउदै कम्पनीको अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो । तेस्रो कार्यकालका लागि चुनिएका अध्यक्ष पौडेल र संचालक अग्रवाल कम्पनीको संचालकमा चुनिएका थिए ।

मर्जरको प्रस्ताव अघि नबढेपछि दुबै बीमा ऐनका अनुसार बाहिरीएका हुन् । उनीहरूकाे बर्खास्तसँगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का संचालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १६:५७