विश्वमा ३० लाख मानिस रक्सी पिएरै मर्छन, यस्तो छ कारण
१५ असोज, काठमाडाैँ । वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिस रक्सी पिएररै मर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अत्यधिक रक्सी पिउँदा एक वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको हो ।
डब्लुएचओले हालसालै जारी गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६ मा मात्रै मदिरा सेवनको कारण ३० लाख भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये तीन चौंथाई पुरुष रहेका छन् । विश्वमा प्रत्येक २० जना मध्ये १ जनाको मृत्यु मदिरा सेवनको कारण भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मदिरा सेवनको कारण मृत्यु भएका मध्ये सबैभन्दा धेरै २८ प्रतिशतको सडक दुर्घटना, झैझगडा, हिंसा, लगाएतका कारण चोटपटक लागेर मृत्यु भएको छ ।
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार २०:१२