१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जघन्य अपराधमा संलग्न कसैले उन्मुिक्ति पाउँदैनः अोली


२७ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता विरुद्धको जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि उन्मुक्ति नदिइने बताएका छन । प्रधानमन्त्रीको सचिवालयले आज एक विज्ञप्ती  जारी गरी  कैलाली घटनाका दोषीलाई कारबाहीको दायरमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

फागुन २४ गते घोडाघोडी नगरपाकिला ५ की २० बर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको थियो । विज्ञप्तीमा अन्तर्राष्टिकय नारी दिवश मनाइ रहेकै दिन भएको यस्तो गम्भिर घटनाले अन्ध्विश्वास र कुरीतिको जरा समाजको तल्लो तहसम्म फैलिएको प्रष्ट भएको उल्लेख छ ।

उक्त घटनाले आधुनिक मानवीय चेतना र सभ्यातालाई नै अपमान गरेको उल्लेख छ । ‘यस्ता अपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा,अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ’ सचिवालयको तर्फबाट सूचना प्रेषक रामशरण बजगाईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १२:१२