राजनीतिक अस्थिरताका जड हुन प्रचण्ड
-सरोजकुमार तामाङ
दुई महिनामै अस्थिर राजनीतिको नमुना पेश गर्ने प्रचन्डलाई अब विश्वविख्यात ओस्कर अवार्डले सम्मानित गर्नुपर्छ । बोली एक, ब्यवहार अर्कै श्नृंखलाको एक उत्कृष्ट नमुना भरखरै दाखिल भएकोमा बधाई एवम् छेपारे रंग फेरुवा प्रतियोगितामा सदैव प्रथम स्थान हासिल गर्नु भएकोमा आगामी दिनहरुमा पनि यस्तै कुसंस्कारको विकास गर्दै जाऊन् । तर, यो व्यवस्था बिरोधीहरुलाई साईजमा ल्याउन भन्न चाहिँ नछाड्नु है । वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादका आशीर्वादहरु भने पोल्टा भरी लिनु ।
आज्ञाकारी सेवकको काम र कर्तव्यबाट कहिल्यै विमुख नहुनु । कहिकतै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवामा कमिकमजोरीको कारणले प्रभू रिसाउन थाले भने साथैमा रहेको देश बेचुवा काँग्रेससँग सरसल्लाह गर्न नछुटाउनु । उसलाई प्रभू रिझाउन कसरी राष्ट्रघाती सन्धि-सम्झौताहरु गर्नुपर्छ, त्यो प्राविधिक ज्ञान थाहा छ । तिमी काँग्रेससँग यति चै ढुक्क हुनु कि देश विकास गर्न नसकेपनि कसरी बिगार्नुपर्छ उ त्यसमा गद्दार विश्वविद्यालय नै हो । तिमीले पनि चाँडचाँडै त्यो विश्वविद्यालयबाट विद्यावारीधि गर ।
अर्कोतर्फ, माकुने र चित्रबहादुर केसी जस्ता कम्युनिष्ट आन्दोलनका गद्दारहरुले नेकपा एमालेको पक्षबाट आउने कम्युनिष्ट अशस्त्रहरुको बचावट गर्ने नै छ । त्यसमा पीर मान्नु पर्दैन । तर, सत्ताको केही अक्षेता भन्ने समय समयमा फ्याँक्दै जानु । अनि नेकपा एमालेको आक्रोशपूर्ण सवालको जवाफ फर्काउन जनताको मोर्चा नै नभएको चित्रबहादुर केसीले संसदको मन्च प्रयोगमा कम्युनिष्टको पाठ सिकाउँदै तिम्रो रक्षा कवज बन्न तयार हुनेछ । जनताको बहुदलीय जनवादका हिमयाती नेकपा एमालेलाई जनवादको रेखांकन चित्रबहादुर केसीले सरकारी भत्तामै पुष्ट्याउने छ ।
दिल्ली यात्रामा कहिकतै गतिरोध पैदा भयो भने काँग्रेस त छदैँछ, एक मधेश एक प्रदेशहरुपनि काँध थापेर हिड्न तयारै छ । सत्ताको स्वाद चाख्न आतुर यी पवित्र अवसरवादीहरु राज्य ढुकुटीको लुछाचुडी गर्न जुनसुकै मन्त्रालय दिएपनि नाई भन्दैन । यिनीहरुको सत्ता पर्खाई एकदिन पनि एक दशक झैं लाग्छ । कसैको घर लुट्ने होइन, जनताले तिरेको कर न लुट्ने हो । कसैको छोरीचेली बलत्कार हुने होइन, मुलुक न हुने हो ।
प्रचन्डको केही जाने होइन । जान्छ भने विगतमा कौंडीको भाउमा पनि बिक्री नहुने अवस्थामा पुगिसकेका अवसरवादी महामहिम प्रचन्डलाई टपक्क टिपेर ल्याउने नेकपा एमालेकै प्रदेश सरकारहरु त जाने हो । फेरी त्यो ठाउँबाट एमाले जादैँमा रित्तिएर बस्ने पनि होइन, ठाउँ खालीको सूचना मात्र के सुन्नुपर्छ पूर्ति गर्नको निम्ति कसैलाई आईजा भन्नु नै पर्दैन । पदको लागि त्यसै गुलामी गर्न आठ दलीय तिम्रा मित्रहरु तम्तयारै छन् । यो भन्दा रमाईलो र आनन्दित राजनीतिक जिन्दगी कसको पो होला र ? मोज गर कान्छा, मोज गर । फेरी फेरी यस्तो मौका नआउन पनि सक्छ ।
यो बेला भाग्य नै पल्टेर आएपछि कसको के लाग्छ र ? तर, भागबण्डाको बेला ढोकामै काँग्रेसले राखेको तरवार हेर्न भने नछुटाउ । काँग्रेसको पंक्तिमा शेरबहादुर देउवाको पछि सत्ताको लागि त छाड म छाड गर्नेको भीड तिमीले नै गत निर्वाचनबाट अपार भीडका साथ जम्मा गरेका छौ । यसले कसैको राजनीतिक जीवन नर्कमा पुर्याउछ भने त्यो तिम्रै हो । हाम्रो होइन किनकि काँग्रेस र हाम्रो राजनीतिक विचार र आस्थाको पंक्ति जन्म जातै फरक हो । उ शोषक सामन्ती, दलाल नोकरशाही र साम्राज्यवादी शक्तिको पुजारी परे, जसको घोर निन्दा गर्ने सर्वहारावर्गीय राज्यसत्ताको खेमामा हामी पर्यौं ।
यहाँ कसैकसैबीचको राजनीतिक लडाई चलेकै छ भने दक्षिणपन्थी अवसरवाद र प्रतिक्रियावादी शक्तिको प्रतिनिधित्व गर्ने काँग्रेस र गरिब, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गको उत्थानको निम्ति अघिल्लो मोर्चा समाल्ने नेकपा एमाले नै हो । यो अकाट्य र नेपालको सन्दर्भमा ध्रुव सत्य नै हो । यो वर्गीय लडाईको बीचमा च्याँखे थाप्ने तिमीहरु जस्ता परजीवीहरुको अस्थित्व जिवित छैन् । यो अर्थमा प्रचन्ड केहिपनि होइन । तर, धोकाको सप्तरंगीय नाटकमा भने तिमी एक उत्कृष्ट खलनायक हौ ।
यसमा दावी गर्न हाम्रो हक पुग्दैन किनकि हामीले मार्क्सवादको मन्त्रोचारण गर्दै जनतालाई धोका नदिने वचन दिएका छौं । हामीलाई कसैको रगतमा राजनीति गर्नु छैन् । बरु, प्रतिक्रियावादीहरुसँग वैचारिक बहस गर्दै एकदिन दुखी र श्नमजीवी जनताको सुनौलो बिहानी ल्याउने कमस खाएका छौं । हामी पनि जनताका शत्रुलाई बारम्बार धोका दिन्छौं । त्यसैको परिणामले तिमी यसपटक नेकपा एमालेको सार्थक पहलमा प्रधानमन्त्री बनेका हौ । तर, आफ्नै राजनीतिक गोत्राकाहरुलाई होइन् ।
तिमीले जसरी आफ्नैलाई धोका दिदैँ जाने हो भने वाम एकताको ठाउँमा प्रतिक्रियावादी शक्तिको मुहान झन बढ्दै जानेछ । त्यसका विरुद्ध सर्वहारावर्गीय अधिनायकत्व राज्यसत्ताको स्थापना गर्न जननेता मदन भण्डारीले आफ्नो ज्यानको आहूतीमा ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै जनताको बहुदलीय जनवादको विकास यो मुलुकको निम्ति गरेका हुन् ।
प्रचन्ड !! तिमीले आठभाई खलासीको रोहवरमा धोकेबाजको पहिलो गियर त लगायौ । तर, गन्तव्य लोकतन्त्रको मार्ग हुँदै वैज्ञानिक समाजवाद हुनुपर्नेमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नश्ल उत्पादन गर्ने त्यही सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाको स्टेसन पुर्याउने भो ।
तिम्रो अवसरवादको राजनीतिक यात्रामा कहिकतै सचेत जनता झुक्किन थाले भने गणतन्त्रको नायक मै हुँ भन्न कहिल्यै नछाड्नु किनकि २४० बर्षदेखीको निरंकुश तानाशाही राजतन्त्रलाई त नामेट पारे भने तिम्रो राजनीतिक खुद्रे दोकानलाई घाटमा उतार्न आक्रोश जनतालाई एक मिनेट पनि लाग्दैन् । अन्त्यमा, धोकेबाजको जय होस् !!
प्रकाशित मिति : 11:51













