प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय
१५ फागुन, काठमाडाैं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार हुन लागेको हो ।
पुस २९ गते सम्पन्न दुवै कम्पनीको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएसँगै अब फागुन १७ गतेबाट एकीकृत कारोबारमा गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।
संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो । यी दुइ कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् । मर्जर पश्चात बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ११:३५