भर्नुभयाे त ? आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१५ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १५ गते साेमबार अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियाे। उक्त आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको छ।
कम्पनीले निष्काशन गरेकाे जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।
सीडीएससीका अनुसार आइतबार साँझसम्म कम्पनीकाे आईपीओमा १२ लाख २४ हजार १६ आवेदकबाट १ करोड ३६ लाख ८० हजार ३३० कित्ताका लागि आवेदन परेको छ। याे मागभन्दा ८०.५८ गुणा बढी हो ।
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०९:४५












