बालुवाटारमा आठ दलको बैठक जारी
१४ फागुन, काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेका हुन् ।
बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा राष्ट्रपतिको निर्वाचनमा एक ठाउँमा उभिएका नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी उपस्थिति रहेकाे छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १८:५८