८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड

१४ फागुन, काठमाडाैं । ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म निष्काशन गरेको ऋणपत्र शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

बैंकले १ हजार अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो। बैंकले १ हजार अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो।

जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

ब्यक्तिगत तवरबाट बिक्री गरिएको ऋणपत्रमा २३ जनाले ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन दिएका थिए । जुन मागभन्दा १.७४ गुण बढी हो । आवेदन दिएकाहरुलाई ३० लाख कित्ता वितरण गरिएको छ ।

यस्तै, सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता निष्काशन गरिएकोमा १ हजार २६६ जनाले २१ लाख ३१ हजार २९४ कित्ताका लागि आवेदन दिएका थिए । जुन माग गरिएको भन्दा १.१० गुणा बढी हो । जसमा २५ देखि ३ लाख कित्तासम्म माग गर्ने १ हजार २६४ जनालाई ११ लाख ३१ हजार २९४ कित्ता र ५ लाख कित्ता माग गर्ने २ जनालाई ७ लाख ९८ हजार ७०६ कित्ता बाँडफाँड गरिएको  क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १२:०९