२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

सेयर बजारमा पहिराेः कारोबार खुलेको १ घण्टा नहुँदै ५६.९१ अंकले घट्यो नेप्से

१४ फागुन, काठमाडाैं ।  साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार खुलेको १ घण्टा नहुँदै ५६.९१ अंकले ओरालो लागेको छ। आज कारोबारको सुरुआतदेखि नेप्से ओरालो लागेको छ। राजनीतिक घटनाक्रम र लघुवित्तका लागि राष्ट्र बैंकले ल्याएको कसिलो नीतिले सेयर बजारमा गिरावट आएको हाे ।

यो समाचार तयार पार्दासम्म (११ः४४ बजे) नेप्से परिसूचक ५६.९१ अंकले ओरालो लागेर नेप्से १९६५.७२ को विन्दुमा पुगेकाे छ  ।यतिबेला लघुवित्त समूह सर्वाधिक ओरालो लागेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:४६