२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेबाट राष्ट्रपतिको उम्मेद्वार सुवासचन्द्र नेम्वाङ

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई बनाउने भएको छ । सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपति बनाउने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले आज राष्ट्रपति पदको उम्मेदवारको मनोनयन दर्ता गर्न र २५ गते मतदानको समय तोकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ११:२५