२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने एमाले सचिवालयको निर्णय

नेकपा एमालेले राष्ट्रपतिको उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई बनाउने भएको छ । सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपति बनाउने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । नेम्वाङ संविधासभाका अध्यक्ष हुन । उनी इलाम २ मा एमालेबाट प्रतिनिधिसभामा विजयी भएका थिए । पूर्व कानुनमन्त्री समेत रहेका नेम्वङको उम्मेदवारी घोषणा गर्दै एमालेले पुष १० को सत्तारूढ दलहरूबीचको सहमति कायमै रहेको बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ११:२१