२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

१२ फागुन, काठमाडौं । आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । बुधबार बालुवाटारमा बसेको आठ दलकाे बैठकले साे निर्णय गरेकाे हाे ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा भने कांग्रेसले नै निर्णय गर्नेछ । कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । राष्ट्रपतिमा कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलाकाे चर्चामा छन् ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १९:५३