२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

संविधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छः डा महत

१२ फागुन, काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुले विगतदेखि नै राष्ट्रपति आफ्नो दलकातर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छनी भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ ।”

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र साँझ पुनः बैठक बस्ने जानकारी दिए । राष्ट्रपतिका लागि शनिबार मनोनय गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १६:३५