१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था खाेल्न राष्ट्र बैंकको निर्देशन

१२ फागुन, काठमाडौं । अब सरकारले दिने आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो।

अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ । उक्त दिन विहान १० देखि दिउसो साढे १ बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १४:४४