तपाईंकाे खातामा आयाे त बोटलर्स नेपाल तराईको ६० प्रतिशत नगद लाभांश ?
१२ फागुन, काठमाडाैं । बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीले पुस २७ गते सम्पन्न भएको ३६ औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सभाबाट पारित साेही ६० प्रतिशत नगद लाभांश (कर कट्टी गरेर) माघ २३ गतेदेखि नै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:५१












