३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

१२३ रुपैयाँमा प्रभु बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

१२ फागुन, काठमाडाैं । प्रभु बैंकले आज फागुन १२ गते शुक्रबारदेखि संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकेको छ ।

उक्त संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयरधनीसहित इच्छुक लगानीकर्ता संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । साे सेयरकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीकाे सेयर खरिद गर्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:०६