१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

सार्वजनिक सम्पत्ति संरक्षण गराैँः राक्षामन्त्री पाेखरेल


२७ फागुन, काठमाडाैँ । नेपाल सरकारका रक्षा मन्त्री एबम नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु पर्ने बताएका छन । रक्षामन्त्री पोखरेलले नेपालमा सार्वजनिक सम्पति निर्माण गरिने तर त्यसको उचित संरक्षण गर्न नसक्दा खेर जाने चलन रहेको भन्दै अव सो रोक्न नागरिक नै सचेत बन्नु पर्ने बताए ।

काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेको शंखपार्कलाई पुनर्निर्माण गर्नका लागि आयोजना भएको छलफलमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन । मन्त्री पोखरेलले अबको समय आर्थिक विकासको अभियानमा लाग्नु पर्ने रहेको र त्यसमा नागरिकहरुले सचेतना पुर्वक सहयोग गर्नुपर्ने बताए ।

नेपालमा कुनै पनि संरचना बनाउने तर नटिक्ने अवस्था रहेको भन्दै मन्त्री पोखरेलले सावर्जिनक संरचनाको रेखदेख र सम्वर्दन स्थानीय तहले गर्नुपर्ने बताए । उनले स्थानीय तहमा निर्माण हुने संरचना र पूर्वाधारको दिगोपनका लागि श्रोत व्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै सधै अनुदान थापेर गुजारा गर्ने प्रवृतिको अन्त्यका लागि सबैले पहल गर्नु पर्ने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राई , काठमाडौं क्षेत्र ५ का क, ख का प्रदेश सभाका सदस्यहरु नारायण सिल्वाल, दिपक निरौला, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति रहेको थियो। तस्बीरः प्रभातविक्रम कटुवाल

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १२:०५