ऋण नतिर्ने उद्देश्यले संघर्ष समिति बनाएर मिडियाबाजी गरियोः वसन्त लम्साल (भिडियो)
-प्रतिमा मुडभरी
१२ फागुन, काठमाडाैं । लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुसँग जोडिएको समस्याकाे मुख्य कारण पछिल्लो मुलुकको आर्थिक अवस्था रहेकाे बताएका छन् । लघुवित्त क्षेत्रमा पछिल्लो समय समस्या देखा परेको छ। लघुवित्त वित्तीय संस्थाहरुले कर्जा असुलीमा ज्यादती गरेको भन्दै देशभरबाट लघुवित्तविरुद्धमा चर्का आवाज उठिरहेका छन्।
सडकदेखि सदनसम्म लघुवित्तले ग्रामीण क्षेत्रका सोझासाझा जनतालाई ऋण असुलीको नाममा चरम दुःख दिएको, कतिलाई आत्मदाहा गर्न बाध्य बनाएकाे त कति काे त उठीबास नै लगाएको भन्दै त्यस्ता संस्थाहरुलाई कारबाहीको माग उठिरहेका छन्। लघुवित्तले किन मान्छेलाई आत्महत्या गर्ने बनायो ? भनि साेधिएकाे प्रश्नमा लम्सालले लघुवित्तबाट लिएकाे ऋण उठाउन जाँदा अहिलेको अवस्थामा आएको बताएका छन् ।
उनेले भनेका छन्, “ग्राहकहरुले धेरै लघुवित्त संस्थाहरुसँग ऋण लिएकाले सबैले फोन गरेर ऋण उठाउन ताकेता गर्दा समस्या आएकाे हाे । त्यस्ता ऋणीहरु कहाँ गएर यो ऋण नतिर्न पाए हुने थियो भनेर अहिले लघुवित्त संघर्ष समिति र मिडियामा गएर भन्ने गरेको देखिएको हो । विगतमा लघुवित्तहरुले गर्दै आएको कमजोरी र अहिले भइरहेको आर्थिक मन्दीको कारण समस्या देखिएकाे हो । ”
उनले अहिले यस्ताे समस्या देखा पर्नुमा लघुवित्त संस्थाहरु नै जिम्मेवार रहेकाे बताएका छन् । लघुवित्तको ब्याजदर,सेवा शुल्क नियमन निकायले तोकेको गर्ने र तत्काल नाफा कमाउने रफतारमा जाँदा र लघुवित्तको सदस्य भएर ऋण लिने व्यक्तिहरुले पनि वित्तीय साक्षरता बैंक तथा वित्तीय संस्थाहरुबाट लिने ऋणको विषयमा जानकारी नलिएकाले यसमा समस्या देखिएको बताए ।
उनले एक जना ऋण तिर्न नसकेर भागिदिँदा समग्र समूहमा समस्या देखिएको बताए । लघुवित्तको जुन सामुहिक मापदण्ड रहेको छ त्यो नहुँदा पनि अहिले समस्या देखिएकाे बताए । यी सबै समस्या अर्थतन्त्रमा समस्या परेको बेला देखिएको कारण यस्ता समस्याहरु बाहिर देखिएका हुन् । विगतमा पनि यस्ता समस्या हुँदै आएका हुन् ।
प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ११:४१







