२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

राष्ट्रपतिको विषयमा प्रचण्डले भोलि ओलीसँग निर्णायक वार्ता गर्ने

११ फागुन, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा भाेली (शुक्रबार) निर्णायक वार्ता गर्ने भएका छन् । दलहरुबीच राष्ट्रपतिको विषयमा सहमति नजुटिरहेकाे अवस्थामा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैसँग छलफल चलिरहेको भन्दै शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग पुनः एकपटक छलफल गरिने बताएका हुन् ।

सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘छलफल चलिरहेको छ । सहमति भएको छैन । भोलि एमाले अध्यक्षसँग पनि मेरो छलफल छ । सबैको सबैसँग चलेको छ । केही टुंगो भएको छैन ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार २०:२९