कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनीले लिए पद तथा गोपिनयताको सपथ
१० फागुन, काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त नेपाल सरकारमा पूर्व राजश्व सचिव रामशरण पुडासैनीले बिहीबार पद तथा गोपिनयताको सपथ लिएका छन । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन ।
बुधबार साँझ बसेको बैंकको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । पुडासैनी बुधबार दिउँसोमात्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए ।
केही दिन अघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरूङको नियुक्ति लगत्तै सञ्चालक समितिका अध्यक्ष रमेश दुवाडीले योग्यतामा प्रश्न उठेपछि राजिनामा दिएका थिए । दुवाडीको राजिनामापछि रिक्त रहेको सदस्यमा मन्त्रालयले पुडासैनीलाई नियुक्त गरेको थियो ।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १५:१८












