१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

अवहेलना मुद्दामा पराजुलीले आफ्नै नेतृत्वमा गठन गरे पूर्ण इजलाश


२७ फागुन, काठमाडौँ । प्रधानन्यायाधीस गोपाल पराजुलीले आफू र सर्वोच्च अदालतको मानहानी सम्बन्धी दुई वटा मुद्दाको सुनुवाइका लागि आफूसहितको पूर्ण इजलाश गठन गरेका छन ।

कान्तिपुर पब्लिकेशन र डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश पराजुली र न्यायलयको अवहेलान गरेको भन्दै परेका मुद्दाको सुनुवाईका लागि पराजुलीले आफैं संलग्न रहेको इजलाश बनाएका हुन ।

न्यायाधीशहरुले आफू र आफ्नो परिवार तथा नातागोतासँग सम्बन्धित मुद्दाको सुनुवाई नगर्ने परम्परा छ । कान्तिपुर पब्लिकेशन र डाक्टर केसीमाथिको मुद्दाको सुनुवाईका लागि गठन गरिएको पूर्ण इजलाशमा पराजुलीसहित, न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी रहेका छन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ११:३८