नाडेप लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?
११ फागुन, काठमाडाैं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे सञ्चालक समितीले गरेको निर्णय अनुसार लघुवित्तकाे ८ औँ बार्षिक साधारणसभा चैत्र ८ गते नौबिसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेकाले सेयरधनीहरुले यो पटक लाभांश प्राप्त गर्ने छैनन् । राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको हो ।
सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २१ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन्।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १०:२५












