८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

कालिका लघुवित्तको ११ हजार कित्ता सेयर बिक्रिमा, क- कसले दिन पाउछन् आवेदन ?

११ फागुन, काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको लघुवित्तले जनाएकाे छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै पहिलाे प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीकाे केन्द्रिय कार्यलय पोखरा १० कास्कीमा निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १०:०९