१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थामा सुधार

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएकाे छ ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई मुखबाटै खाना खुवाइनुका साथै प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको योगराज कँडेलले जानकारी दिए ।

कँडेलले अस्पतालमा उपचार गराइरहेको भण्डारीको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ′शुभचिन्तकहरूले विश्वास नगरेका कारण उहाँ सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रमाणको रूपमा यो तस्बिर जारी गरिएको छ’ ।

भण्डारी कम्तीमा २१ दिनसम्म ग्राफ्टिङको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यसपश्चात मात्र भेटघाट गर्न दिने पनि कँडेलले जनाएका छन्। भण्डारीको काउन्सिलिङ डा प्रशान्त महाराणेले गरिरहेका छन्।

ग्यास सिलिन्डर लिकेज भएर लागेकाे आगाेमा परेर सिकिस्त घाइते भएका चन्द्र भण्डारीलाई उपचारका लागि फागुन ४ गते भारत लगिएकाे थियाे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १८:३६