१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

बाजुरा केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

१० फागुन, धनगढी । बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट भएकाे क्षतिकाे विवरण अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते पनि बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएकाे थियाे । साे भूकम्पमा परेर एक जनाको ज्यान समेत गएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १४:३२