राष्ट्र बैंकले स्वीकृत गर्याे मनकामना स्मार्ट लघुवित्तको लाभांश
१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले कम्पनीलाई साे लाभांश वितरणका लागि स्वीकृति दिएकाे हाे । अब कम्पनीले वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई उक्त वितरण गर्नेछ ।
प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ११:४५












