१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

मोलुङ्ग हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्याे आवेदन ?

१० फागुन, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकोछ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साभारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गरेको थियाे। साेही आईपीओमा आज  बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि छिटोमा फागुन १० गते र ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

सीडीएससीका अनुसार सोमबार साँझसम्म कम्पनीकाे आईपीओमा ११ लाख ४४ हजार १२९ आवेदकबाट कुल १ करोड २८ लाख ५९ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.६८ गुणा बढी हो।  मागभन्दा बढी आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १०:५६