२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

१० फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्मन्न भएकाे छ । कम्पनीले  बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) हिजो (फागुन ८ गते) बाँडफाँड गरिएको बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएकाे छ ।

कम्पनीले माघ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २० हजार ३३८ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । रितपुर्वक आवेदन दिने २०३३ जना आवेदकलाई १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ भने २० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्येबाट थप ८ कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीकाे आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडकाे वेबसाइटबाट सकिन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०९:४२