१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, ओलीलाई संसदको पाँच मध्ये चार दलको समर्थन


२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन ।

संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । संसदको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई माओवादी केन्द्रको समेत समर्थनमा गत फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।

कानुनी प्रावधान अनुसार राष्ट्रिय दलको मान्यता पाएका पाँच मध्ये चार दलको समर्थन ओलीलाई हुने भएको छ । एमाले र माओवादीले प्रधानमन्त्री नियुक्तिकै समयमा समर्थन गरिसकेका छन भने आज संघीय समाजवादी फोरम र राजपाले पनि समर्थन जनाउने भएको छ ।

योसँंगै प्रतिपक्षमा कांग्रेस एक्लै हुने भएको छ । बिश्वासको मतसँगै बन्ने नयाँ सरकारमा राष्ट्रिय एकताको प्रतिबिम्व हुने बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ०६:००