७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्नै लागेको सौर्यको जहाज किन भयाे फिर्ता ?


९ फागुन, काठमाडाैं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाज फिर्ता भएको छ ।एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १२:०२