२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माअ‍ोवादीको पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे लाग्ला त टुंगाे ?

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ ।

राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ । नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् । त्यसैले माओवादीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १७:५८