७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

त्रिभुवन विमानस्थलको सर्भर डाउन, उडान प्रभावित हुँदा सयाैँ यात्रु अलपत्र


८ फागुन, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएकाे छ । सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएकाे हाे ।

सर्भर डाउन हुँदा कम्तीमा ६ वटा अन्तर्राष्ट्रिय उडानबाट बाहिर जाने झण्डै एक हजार यात्रु प्रभावित भएका छन् । सर्भर डाउन हुँदा नेपाल वायुसेवा निगम, इन्डिगो, बाटिक, थाई स्माइल, मलेसियन एयरलायन्स र श्रीलंकन गरी ६ वटा वायुसेवाबाट विदेश जानुपर्ने यात्रुको पासपोर्ट तथा भिसाको डिजिटल अध्ययन समयमै हुन नसकेको विमानस्थलस्थित कार्यालयले जनाएको छ ।

सिंहदरबारबाट सञ्चालित सरकारी सर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो । अहिले फेरि सोही समस्या दोहोरिएको हाे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १५:३५