११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

२३.६० अंकले घट्याे सेयर बजार, १ अर्ब ९४ करोडकाे काराेबार

८ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन साेमबार सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २३.६० अंकले घटेर २०४६. ८१ बिन्दुमा बन्द भएको छ । नेप्से घटेसँगै यस दिन कारोबार रकम समेत घटेरकाे छ । आज २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १५:२२