७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

एमाले–माओवादी संयुक्त संसदीय दलको बैठक आज, ओली र दाहाले सम्बोधन गर्ने

२७ फागुन, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना संसदीय दलको बैठक संयुक्त रुपमा आजका लागि बोलाएका छन् । पार्टी एकतामा जाने निधो भएपछि दुबै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् ।

आजकोे बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवोधन गर्ने कार्यक्रम छ । बैठकपछि प्रधानमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम भएकाले दलको संयुक्त बैठकमा सरकारको पक्षमा मतदान गर्न दुबै दलका सांसदलाई आग्रह गरिने एमाले नेता भानुभक्त ढकालले बताए ।

उनले भने ‘प्रधानमन्त्रीको पक्षमा मतदान हुनेमा सन्देह रहेन, मतदान अघिको संसदीय दल बैठक भएकाले पक्षमा मतदान गर्न आव्हान हुनु संसदीय प्रक्रिया हो।’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ०५:५२