२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माओवादी प्रस्तावमा समर्थन जनाउँदै राष्ट्रपतिका लागि एसडी मुनीले दिए चार नाम

८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति कामय गर्न गैर दलीय व्यक्तिको खोजी गर्ने बताएको एक साता नबित्दै  नेपाल मामिलाका विज्ञ भारतीय प्राध्यापक एसडी मुनीले त्यसमा समर्थन जनाउँदै उम्मेदवार नै तोकिदिएका छन । नेपाल मामलामा निरन्तर टिप्पणी गरिरहने प्राध्यापक मुनीले सोमबार एक ट्वीट गर्दै गैरदलीय व्यक्ति राष्ट्रपति बनाउने माओवादी प्रस्तावमा समर्थन जनाएका छन ।

माओवादी बाहेकका अरू दलहरूले गैर दलीय उम्मेदवारबारे आधिकारिक ढंगले केही बोलेका छैनन् । एमाले र कांग्रेसले आआफ्नो उम्मेदवार प्रस्तुत गर्ने तयारी गरिरहेका छन भने उनीहरूले अन्य दलहरूसँग पनि सहयोग मागिरहेका छन । भारतीय बुद्धिजिवि मुनीले माओवादीको नाम नलिए पनि उसैले उठाइरहेको एजेण्डामा सहमति जनाउँदै उम्मेदवारका रूपमा नागरिकता विवादमा परेकी अनुराधा कोइरालासहित चार जनाको नामनै प्रस्ताव गरेका छन ।

एसडी मुनीले ट्वीटरमा लेखेका छन, ‘Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.’

उनले कोइरालासहित देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगानाको नाम राष्ट्रपतिका लागि उपयुक्त हुने सुझाव दिएका छन । संयोग पनि कस्तो परेको छ भने मुनीको सुझाव आएकै दिन माओवादीको पदाधिकारी बैठले राष्ट्रपतिका लागि के गर्ने भन्ने विषयमा निर्णय लिँदैछ ।

माओवादीका दोस्रो पुस्ताका नेताहरूले केहीदिन अघिदेखि निरन्तर रूपमा दिइरहेको अभिव्यक्तिलाइ मन्ने हो भने त उनीहरूले एसडीमुनीले भनेको जस्तै निर्णय गर्दैछन । त्यसका लागि मुनी प्रस्ताव गरेका जस्ता व्यक्ति मध्येबाट कांग्रेसले उम्मेदवार बनाउने र त्यसमा माओवादीले समर्थन जनाउने पनि हुनसक्छ । यद्यपी माओवादीले आधाकारिक रूपमा निर्णय नगरी यस विषयमा थप केही भन्न सकिने अवस्था छैन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:३१