८ असार २०८१, शनिबार | Sat Jun 22 2024

पूर्वमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन


८ फागुन, काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका वामपन्थी बुद्धिजीवी प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । श्रेष्ठको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिका सदस्यले बताएका छन ।

दम र छातीको सङ्क्रमणले पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका श्रेष्ठले मानवअधिकार आन्दोलनमा अग्रणि भूमिका खेलेका थिए । उनी प्रजातन्त्र पुनःस्थापना भएपछि बनेको २०४६ सालको सरकारमा नागरिक समाजको तर्फबाट मन्त्री भएका थिए । श्रेष्ठका ६ छोरा र एक छोरी रहेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०८:४७