८ असार २०८१, शनिबार | Sat Jun 22 2024

पोखरामा बस दुर्घटना, घाइतेको उद्धार जारी


७ फागुन, पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो । दुर्घटनामा ४० जनाजति यात्रु घाइते भएका छन् ।

दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । खड्काका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १५:२९