२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ थाहा छैनः माधव नेपाल

६ फागुन, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन् ।

आफ्नो पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले त्यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिको चुनाबबाट यो सत्ताधारी गठबन्धनको भविस्य टुङ्गोलाग्ने र त्यो एक हप्ता भित्र हुने पनि बताए ।

सत्ताधारी गठबन्धनमा संविधान बिरोधि देखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राखे । यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १४:५८