२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा

७ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी कैलाली कारागारबाट आज रिहा भएका हुन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनको कैद सजाय माफी गरेकी थिइन् ।

सोही आधारमा थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा कैद सजाय भोगीरहेका चौधरी छुटेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार ११:०८