७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता


५ फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १८:१३