२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लियाे

५ फागुन, काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको हाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिनेगरी निर्णय भएको बताइन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको उक्त विधेयक विवादमा तानिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले २२ असार २०७९ मा संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो, जसमा अध्यक्ष र तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १६:२१