८ असार २०८१, शनिबार | Sat Jun 22 2024

आजको मौसम: केही भू–भागमा आंशिक बदली


५ फागुन, काठमाडाैँ । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०९:४१