२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

देशमा अराजतक, लुटपाट भएको भन्दै तत्काल गृहमन्त्री नियुक्त गर्न राप्रपाकाे माग

३ फागुन, काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बाेल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका हुन् ।

साथै उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:२१